Software भनेको के हो ?
Software भनेको कम्प्युटर सिस्टमको पार्ट हो। यो data र instructions (निर्देशन ) को संयोजनबाट बनाइएको हुन्छ। एसको मुख्य काम हार्डवेयरलाई काममा लगाउनु हो।कम्प्युटर सिस्टममा Software बिना hardware ले कुनै काम सम्पादन गर्न सक्दैन। Software को विभिन्न २ प्रकार हुन्छन। 1. System Software 2. Application Software 1. System Software सिस्टम software भनेको प्रमुख software हो जस्ले hardware संग मिलेर विभिन्न कार्य सम्पादन गर्दछ र Application software को प्लेटफर्मको काम गर्दछ। Android OS, windows OS, iOS इत्यादि सिस्टम software को उदाहारणहरु हुन्। 2 Application Software एस्तो Application बिशेस कार्यको लागि बनाइएको हुन्छ। प्रयोगकर्ता को लाभको लागि सिस्टम software मा आधारित रहेर सामान्य कार्य देखि जटिल कार्य सम्पादन गर्न मद्दत गर्दछ। chrome browser, photoshop, camera app, music player इत्यादि Application Software को उदाहरण हुन्।